तिम्रो काखमा सार्वजनिक



गायक कौशलराज खड्काको गीत तिम्रो काखमा सार्वजनिक गरिएको छ।

मिडिया पिक्चर्स नेपालको ब्यानरमा निर्माण भएको गीतमा शब्द रचना रीता भण्डारीको छ।

गीतमा मनोज चौलागाईंको संगीत तथा एरेन्ज रहेको छ। गीतमाथि म्युजिक भिडियो पनि निर्माण गरिएको छ। गीतको म्युजिक भिडियोमा मोडल गणेश हमाल र गरिमा शर्माले अभिनय गरेका छन्।

दर्जनौं गीतहरूमा स्वर भरिसकेका खड्काको स्वर रहेको यस गीतलाई युट्युब तथा टिकटकमा धेरै दर्शकले रुचाएका छन्। गीतमा प्रेमी र प्रेमीकाबीचको मायालाई शब्द र संगीतमार्फत व्यक्त गर्न खोजिएको छ। सियोन श्रेष्ठले निर्देशन गरेका गीतको म्युजिक भिेडियोलाई अनिल रानाले सम्पादन गरेका छन्। गीतको म्युजिक भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्