डा. रिजाललाई लाइफटाइम, आकाश र अर्जुनलाई अवार्ड



लोकप्रिय स्त्रीरोग विशेषज्ञ तथा गायक एवं गीतकार डा. भोला रिजाल लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन्। सिजन मिडियाले १३ औं वार्षिकोत्सव तथा संविधान दिवस २०७८ को अवसरमा राजधानीमा आयोजना गरेको नेसनल प्रोफेसनल अचिभमेन्ट अवार्ड कार्यक्रममा डा. रिजाललाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरेका हुन्।

कार्यक्रममा अभिनेता, निर्माता तथा निर्देशक आकाश अधिकारी मल्टी डिस्पलनरी इन सिनेमा इन्डस्ट्री अवार्ड, फिल्म सम्पादक अर्जुन बेस्ट फिल्म इडिटर अवार्ड, छायाँकार निरज कँडेल सिनेम्याटोग्राफर अवार्ड, कुशल क्षेत्री भिडियो डाइरेक्टर इन डायसपरा, कोशिस क्षेत्री भर्सटायल एक्टर अवार्ड, अभिनेत्री तथा निर्मात्री उमा गिरी फिमेल मुभी एक्टर अफ द इयर अवार्ड, सिर्जु अधिकारी भर्सटायल सिंगर फिमेल अवार्ड, ब्युटिसियन सीता न्यौपाने पाठक एक्स्पर्ट ब्युटिसियन ट्रेनर अवार्ड, फोटोग्राफर कवीन्द्रमान शाक्य सिनियर इन्टरटेनमेन्ट फोटोग्राफर अवार्डबाट सम्मानित भए। राजधानीको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा आयोजित राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्मान र अवार्ड प्रदान गरेका थिए।

विभिन्न क्षेत्रका ३० व्यक्तित्वलाई सम्मान गरिएको कार्यक्रममा एस नेपाली नामक मासिक पत्रिकाको विमोचनसमेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्