चाड पर्व र सडक दुर्घटना



◊ कृष्ण वर्मा

गत वर्षदेखि हामी नेपालीहरु लगायत विश्वका अन्य मुलुका मानिसहरुले खुलेर मेला पर्व तथा उत्सवहरु खुलेर मनाउन पाएका छैनन कोभिडको कारणले गर्दा अहिले पनि दैनिक यति जना उती जनाको मृत्यु भन्ने समचार तथा खबरहरु सुन्नु रहेका छाै । चाडपर्व र मेलापर्वहरुमा हुने सडक दुर्घटनाको कारण पनि हजारौले ज्यान गुमाएको समचारको साक्षी पनि तपाई हामी भएकै हुन्छौ । यो मेलापर्वमा हुने सडक दुर्घटनालाई न्यूनिकरण कसरी गर्न सकिन्छ यस तर्फ हाम्रो योजना हुनु आवश्यक छ ।

कोरोना विरुद्धको खोपको विकास र यसको प्रयोगले केही हदसम्म भए पनि सुरक्षित महसुस भएको छ । कोभिडको कारणले गर्दा हामीहरुले हरेक कुरामा ध्यान दिन थालेको अबस्था छ । यसरी कोभिड संक्रमण केही कम भएकोसँगै अहिले केही मात्रामा चहलपहल शुरु भएको छ । हामीले हिन्दु नारीहरुको महान चाड घर भित्रै तथा सानो घेरामा सिमित भएर मनाए पनि आवत जावत भने केही मात्रामा खुलेरै गर्‌यौ ।कोरोनाले थला परेको अर्थतन्त्रलाई थोरै भए पनि यस किसिमको खुकुलो पनले सबै किसिमको व्यवसायलाई थप उर्जा प्रदान गरेको छ  तर जोखिम भने कायमै रहेकोले स्वास्थ्य मापदण्ड अपनाई यात्रा गर्न सरोकारवाला निकायले हामी सबैलाई अनुरोध गरेको छ र हामीहरु पनि सुरक्षित हुन स्वास्थ्य मापदण्ड अपनाउनु पर्दछ । २-२ वर्षको बन्द अर्थतन्त्र र यातयात व्यवसायमा परेको मारलाई केही राहत हुने गरी यातयात संचालन भै रहेका छन ।आम नेपालीहरुका महान चाड दशै र तिहारले घर आगनमा पाईला राखिसकेका छन् । अन्य चाड पर्व भन्दा दशै र तिहारको रौनक बेग्लै हुने गर्दछ । यसै अवसरमा घर बाहिर रहने हरुको आगमन अत्यधिक मात्रमा हुन्छ । व्यापार व्यवसाय गर्न समय पर्खनु पर्ने हाम्रो मुलुकमा यो समय व्यापार व्यवसायको लागि राम्रै अवसर पनि हो । यो समय यातयात व्यवसायीलाई भने गत्तिलो आम्दानी गर्ने मौका पनि हो अनि २र२ वर्ष अत्यन्तै रुण्ण बनेको यो व्यवसायले राहतको महसुस गर्ने सिजन पनि हो ।

देश विकासको नमूना सडकहरुको विकास अहिले धेरै लामो दुरी तथा समय लाग्ने स्थानमा निकै कम समयमा पुग्न सकिने भएको छ । यो एक अत्यन्तै राम्रो पक्ष हो जसलाई हाम्रो राजनिती र नेतृत्वले विकास भन्ने गर्दछ। तर दिनानु दिन बन्दै गएका मृत्युका समचारको श्रोत पनि यहि नै हो भन्दा कता कता नरमाईलो पनि लाग्ने गर्दछ । हामीलाई अभ्यास्त भएकै कुरा हो अधिकांश सडक दुर्घटनाहरु यिनै अवसरहरु पारेर हुने गर्दछन् । यसरी चाड पर्व तथा अवसरहरुमा हुने दुघर्टनाको जिम्मेवारी को छ त रु यहाँनिर हामीले सोच्नु पर्ने बाध्यता छ । मृत्यु वरण गर्ने धेरै तरिकाहरु मध्येको एउटा तरिका सडह दुर्घटना पनि हो तर यो तपाई हाम्रो कमजोरी, हेलच्यक्रयाईबाट पनि त यसो हुन लागेको छ की भन्ने तर्फ एक चोटी चेतनशिल बन्नु जरुरी छ ।सडक दुर्घटना, सडक बनाउनु, सवारी साधन चलाउनु, यात्रा गर्नुको अर्को नाम हो तर यसरी हुने अनाहक क्षतीबाट समयमै सोच्ने र चेतनशिल बन्ने हो भने पक्कै पनि दुर्घटना न्यूनीकरण गर्न अवश्य सकिन्छ । यसको लागि सरकारले यातयात निकाय, ट्राफिक प्रहरी परिचालन, विभिन्न चेतनामूलक प्रचार प्रसार गरिरहेकै हुन्छ । यिनीहरुको बावजुद पनि हुने सडक दुर्घटना भनेको चेतनाको कमी, सरकारवालहरुको मनपारी, ट्राफिक प्रहरीको कमजोरी, सिमीत स्वार्थमा आफ्नो कर्तव्य भूल्ने नागरिकहरुको कमजोरीको परिणाम हो यो दुर्घटना ।

यसको लागि तपाईहरुलाई म एउटा ज्वलन्त उदाहरण दिन चाहन्छु, पहाडि जिल्लाहरुमा यातायातका साधनहरु सिमित मात्रमा छन्, तिनीहरुमा यात्रा गर्ने यात्रीहरु भने अत्यधिक हुने गर्दछन् यातयातका साधनको तुलनामा। यातायात व्यवसायीले यात्रुको पक्षमा उभिने भन्दा आफ्नो फाईदा देखि क्षमता भन्दा बढी यात्रु बोक्ने होड बाजी हुन्छ, यात्रुहरुलाई पनि बाध्यता हुन्छ किनकी एउटा गाडी छुटेको एक दुई घण्टा पछि मात्र छुट्ने गर्दछ जसले गर्दा सोचेको समयमा गन्त्व्यमा पुग्न सकिदैन । गन्त्व्यमा पुग्न नसकिने भएकोले थाहा हुदा हुदै पनि ज्यानलाई जोखिममा पारेर यात्रा गर्न बाध्य हुनु पर्छ । यसरी बाध्यतामा गरिने यात्रालाई सहज र सर्वव्यापी बनाउने तर्फ सम्बन्धित व्यवसायी लाग्नु पर्ने देखिन्छ यसरी बाध्यतामा यात्रा गर्नु पर्ने पनि दुर्घटनाको एउटा कारक हो ।यातयात र यात्रुको सुरक्षा र सडक सुरक्षाको नियमन र नियन्त्रण गर्न सडकमा डियुटी गर्ने ट्राफिक प्रहरीहरु भने देखेको नदेखै झै गर्नु र देखि पनि एउटा चिट काटेर छोड्नु आदी दुर्घटनाको कारण हुन । आखिर गल्ती गल्ती नै हुन्छ, त्यो गल्तीले निम्त्याउने दुर्घटनाको आकलन कसैले गर्न सकिदैन तर हुने संभावित दुर्घटनालाई भने न्यूनीकरण गर्न अवश्य सकिन्छ ।

सडक मर्मत नहुनु, रातदिन गाडी चलाउनु, क्षमता भन्दा बढी यात्रु बोक्नु, पैसा कमाउने होडबाजीले अरुलाई उछिन्न खोज्नु सडकऽ सबारी साधनलाई चेक जाँच नगरिनुऽ नियम विपरित चल्ने सबारी साधनलाई नियमन र नियन्त्रण गर्न नसक्नु दुर्घटनाका प्रमुख कारणहरु हुन ।
यातयात व्यवसायीहरुले एउटा गाडीको जति क्षमता हो त्यति पुरा भईसके पछि अर्को गाडिको व्यवस्था गरिदिने, सवारी साधनको नियमित चेकजाँच गर्ने, लामो दुरीमा चालकलाई भार नपर्ने गरी मानवश्रोतको व्यवस्थापन गर्नेऽ सडक मर्मत र निर्माणलाई गुणस्तर बनाउनेऽ यात्रु पनि यो असुरक्षित छ यसमा धेरै यात्रा गर्न जोखिम हुन्छ भन्ने कुराको जानकारी सम्बन्धित पक्षलाई जानकारी गराउने । यात्रा सहज र सरल बनाउन खटिएका राष्ट्रसेवक ट्राफिक प्रहरीले ठाउँ ठाँउमा निरीक्षण र अनुगमन गर्ने, नियम विपरित गरेकालाई दण्ड जरिवाना कडाईका साथ गर्ने न कि केही आउछ कि भनेर नदेखे झै गर्ने र पछि मिलाएर पैसा असुल्ने जस्ता आदी कुराहरुको व्यवस्था गर्ने हो भने पक्कै पनि सडक दुर्घटना कम गर्न सकिन्छ । यसको प्रतिफल सबैलाई फाईदा हुन्छ, जहाँ अर्को एउटा यातायातले मौका पाँउछ भने यात्रीले पनि सुरक्षित यात्रा गर्न पाँउछ ।

सडक दुर्घटना एक ठूलो मानविय तथा जनधनको क्षती हो , यसलाई तपाई, हामी र सरोकारवालाहरु आ–आफ्नो जिम्मेवारी, कर्तव्य र चेतनाको प्रयोग गर्नेहो भने पक्कै पनि दुर्घटना न्यूनीकरण गर्न सकिन्छ र वर्षेनी हुने यस्ताखाले दुर्घटनाबाट थुप्रै व्यक्तिको ज्यान बचाउन सकिन्छ ।यातयात व्यवसायीको कर्तव्य, क्षमता र अवस्थाको ख्याल गर्ने, ट्राफिक प्रहरीहरुको जिम्मेवारी र कर्तव्य अनुगमन र कारबाही गर्ने यात्रुहरुको यात्रुहरुको कर्तव्य चेतनशिल हुने अभिभावकहरुले पनि सचेत बन्ने र बन्न सिकाउने, र आम नागरिकहरुको कर्तव्य सरोकारवालहरुले आ–आफ्नो जिम्मेवारी र कर्तव्य निभाएका छन कि छैनन् यसको अनुगमन गरि खबरदारी गर्न सकेमा मात्र यसरी हुने सडक दुर्घटनाहरु न्यूनीकरण गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्