सकभर यही साता, नभए असार १० भित्र

ईश्वरराज ढकाल,


  • ३ महिनाबाट घटाएर ४० दिन पुग्दा द्रुत काम

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ढिलोमा असार १० गतेभित्र गर्ने तयारी गरेको छ । त्यसको लागि अन्तिम चरणको काम शुरु भैरहेको छ । परीक्षा नियन्त्रण कार्यायलका अनुसार सम्परीक्षण, नम्बर इन्ट्रि, म्याच अनम्याच गर्ने काम सकिसकेको छ ।

टेबुलेसन गर्ने काम शुरु भएको छ । एकदुईदिनभित्र हाजिरी हेरेर प्रोसेसिङपछि परीक्षाफल प्रकासित हुनेछ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार सरकारको निर्देशन अनुसार असार १५ भित्र परीक्षाफल प्रकासित गर्ने योजना थियो,केहीदिन अगाबै सम्पन्न गर्नेलक्ष्य लिएका जानकारी दिनुभयो ।

पनिकाले सकेसम्म यो सातामा केहीदिन बिलम्ब भएमा १० गतेभित्र परीक्षाफल प्रकासित गर्ने तयारी गरेको छ । २५ लाख डाटा रुजु गर्ने काम शुरु गरेका छौ, त्यसपछि अन्तिम चरणको मा सम्पन्न भएर परीक्षाफल प्रकासित गर्ने तयारी बोर्डको छ । परीक्षा नियन्त्रक शर्माले कार्यययोजना अनुसार परीक्षाफल प्रकासित हुने दाबी गर्नुभयो । भन्नुभयो– सरकारले दिएको समयसिमाभन्दा ५ दिन अगाबै परीक्षाफल प्रकासित गर्ने लक्ष्य राखेका छौ ।

अनुसार परीक्षाफल प्रकासित गर्न मार्किङस्किम शुरु भैसकेको छ । जस अनुसार हरेक विषयको ५ जना विज्ञसंग कार्यसाला सम्पन्न गरिसकेको थियो । बोर्डले परीक्षा सञ्चालन भैएकै दिन सुगम र परीक्षासकिएपछि बैशाख तेस्रोसाताभित्र सबै केन्द्रको उत्तरपुस्तिका संकलन गरिसकेको थियो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले १० भित्र परीक्षाफल प्रकाशित गर्ने जानकारी दिनुभयो । भन्नुभयो–मन्त्री र बोर्डको निर्देशन र निर्णय अनुसार अन्तिम तयारी गरिसकेका छौ ।

बोर्डले परीक्षण केन्द्रबाटै उत्तरपुस्तिमा परीक्षण र सम्परीक्षण गरेको थियो । यसअघि परीक्षा नियन्त्रण कार्यालयको मुख्यालयमामात्र संपरीक्षण हुने व्यवस्था थियो । बोर्डले मन्त्रीको निर्देशन अनुसार ४५ दिनभित्र परीक्षाफल प्रकासित गर्न परीक्षण केन्द्रमै उत्तरपुस्तिका परीक्षण शुरु गरेको हो । सबै काम फटाफट भैरहेकोले सकभर यो महिनाको पहिलो साता नभए १० गतेभित्र परीक्षाफल प्रकासित भैसक्नेछ ।

बोर्ड संपरीक्षण गर्न केन्द्रबाट हरेक विषयका कम्तीमा एक–एक जना अनुभवी सम्परीक्षक सम्बन्धित परीक्षण केन्द्रमा पठाएको थियो । अन्य सम्परीक्षक खटाउँदा सम्बन्धित परीक्षकहरूमध्येबाट सम्परीक्षकको लागि मापदण्ड पुगेका परीक्षक मध्यबाटै आवश्यकता अनुसार नियुक्त गरेको थियो ।

बैशाख १४ देखि २७ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । परीक्षामा ४ लाख १८ हजार ८ जना विद्यार्थी सहभागि थिए । परीक्षामा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार १७८ विद्यार्थीले परीक्षा दिएका थिए । जसमध्ये १ लाख ७२, हजार ०१२ छात्र र १ लाख ६० हजार १३७ छात्रा र अन्य २९० परीक्षार्थी सहभागि थिए । सबैभन्दा कम मनाङमा ३१ र सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ६४ हजार ३३८ परीक्षार्थी सहभागी हुदैछन् ।

देशभर १ हजार ४२० र जापानमा १ समेत गरी कूल १ हजार ४२१ परीक्षा केन्द्र थियो । सबैभन्दा बढी काठमाडौंमा १६१ र सबैभन्दाकम मनाङ र मुस्ताङ जिल्लामा १–१ केन्द्र निर्धारण गरिएको थियो । बोर्डले यो विगतमा छिटोमा ३ महिनामा हुने परीक्षाफल यो वर्ष ३५ देखि ४० दिनमा गर्ने तयारी गरेको छ । सकेसम्म यो सातामै परीक्षाफल प्रकासित भैसक्नेगरी आन्तरिक तयारी भैरहेको छ ।