न्युजिल्यान्ड र इरानबीच २–२ को बराबरी


काठमाडौं ।

फिफा विश्वकप–२०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले दुईपटक अग्रता लिए पनि जोगाउन नसक्दा इरानसँग २–२ को बराबरी खेलेको छ।

अमेरिकाको लस एन्जलस रंगशालामा मंगलबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक अंक बाँडे। न्युजिल्यान्डले दुईपटक अग्रता बनाए पनि इरानले पुनरागमन गर्दै खेल बराबरीमा टुंग्यायो।

यस नतिजासँगै दुवै टोलीले विश्वकप अभियानको सुरुआत एक–एक अंकबाट गरेका छन्।