सबैभन्दा सेता पेन्ट बन्यो, अब एयरकडिन्सन नचाहिने



वासिंगटन,(एजेन्सी) ।

अमेरिकाको इन्डियाना राज्यको वेस्ट लाफाएटेस्थित पड्र्यु युनिभर्सिटीको प्रयोगशालामा विश्वकै अहिलेसम्मकै सबैभन्दा सेतो पेन्ट तयार गरिएको छ । वैज्ञानिकहरूले अब यस पेन्टको कारण एयरकन्डिसनिङको समेत जरुरत नपर्ने बताएका छन् । आविष्कार भएलगत्तै यस पेन्टले हालसम्म बनेका पेन्टहरूमध्ये सबैभन्दा बढी सेता भएकै कारण गिनिज वल्र्ड रेकर्डमा पनि नाम लेखाउन सफल भएको छ ।

किन वैज्ञानिकहरूले यस्तो पेन्ट विकास गरे त ? अनुसन्धानकर्ताहरूको लक्ष्य विश्व कीर्तिमान तोड्नुभन्दा विश्वव्यापी बढिरहेको तापक्रम समस्या हल गर्नु रहेको छ । जारी गरिएको एक विज्ञप्तिमा पड्र्युका मेकानिकल इन्जिनियरिङका प्राध्यापक सियलिन रुआनले भनेका छन् – ‘सात वर्षअघि यो परियाजना शुरू गर्दा हामीले ऊर्जा बचाउने र जलवायु परिवर्तनविरुद्ध लड्नेबारे सोचेका थियौं । हाम्रो विचार भवनबाट सूर्यको प्रकाश परावर्तन हुने पेन्ट बनाउनुथियो ।’

प्राध्यापक रुआन र उनका विद्यार्थीहरूको संयुक्त प्रयासबाट यस्ते अद्भूत पेन्ट तयार भएको हो । यस पेन्टले ९८ दशमलव १ प्रतिशत सौर्य विकिरण परावर्तन गर्नुका साथै इन्फ्रारेड ताप पनि निकाल्ने गर्दछ । यस पेनटले सूर्य ताप कम मात्रामा मात्र सोस्ने गरेकाले कुनै पनि ऊर्जाको प्रयोगबिना नै यो पेन्ट लगाएको सतह वरपरको तापक्रमभन्दा चिसो हुन्छ ।

रुआन भन्छन् – ‘यस नयाँ पेन्ट घरको छतको करिब हजार वर्ग फिटमा लगाउने हो भने १० किलोवाट शक्तिलाई चिस्याउन सक्छ । यो हाल अधिकांश घरहरूमा जडित एयर कडिन्सनभन्दा बढी शक्तिशाली हुन्छ ।

प्रतिक्रिया दिनुहोस्