जवानी मनलाई सार्वजनिक



गीतकार जीवन मुकारुङको जवानी मनलाई फुलैमा सारी बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। गायक अशोक मुकारुङ र गायिका जुनी खालिङ राईको स्वर रहेको गीतमा कृष्णभक्त राईको संगीत र संगीत संयोजन रहेको छ। यसको म्युजिक भिडियोमा गायक मुकारुङ र गायिका राई स्वयंले अभिनय गरेका छन्। दुर्गा बान्तवा र मनोज राईको छायांकन तथा जीवन मुकारुङले सम्पादन गरेको म्युजिक भिडियो जुनी खालिङ राईको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

सिंगापुर पुलिसमा दुई दशक सेवा गरेका गीतकार जीवन मुकारुङका यसअघि तीन एल्बम, एक गीति पुस्तक र एक सयभन्दा बढी गीत रेकर्ड भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्