फेरि रेकर्ड गरियो मेलवादेवीको गीत



नेपाली गीत रेकर्डिङ गराउने प्रथम गायिका मेलवादेवी गुरुङको गीत पुनः रेकर्ड गरिएको छ।

मेलवादेवीले १९८४ सालमा भारतको कोलकाताको हिज मास्टर भ्वाइस कम्पनीमा पहिलो नेपाली आधुनिक गीत सवारी मेरो रेलैमा बोलको गीत रेकर्ड गराएकी थिइन्। मेलवादेवी आफैंले लेखेको यो गीतमा उनकै संगीत थियो। उनको यही गीत पुनः रेकर्ड गराइएको हो।

यो गीत सविन सुवेदी र बेनिशा पौडेलले गाएका छन्। गीत म्युजिक किचेनले पुनः रेकर्ड गराएको हो। यो गीत सुन्नको लागि आफूले खोज्दा सहजरूपमा नपाएपछि नेपालको पहिलो गीत सबैले सहजै रूपमा सुन्न पाऊन् भनेर पुरानै भावमा आफूले रेकर्ड गराएको एरेन्जर राजेन्द्र बजगाईंले बताए।

गीतको पुनः संगीत संयोजन राजेन्द्रले गरेका हुन्। यसको मिक्सिङ मनोज परियारले गरेका छन्। मेलवादेवीप्रति समर्पण गरिएको गीतमाथि म्युजिक भिडियो बनाएर राजेन्द्र बजगाईंकै अफिसियल च्यानलबाट रिलिज गरिएको छ। भिडियो केशवराज भट्टले तयार गरेका हुन्। जसमा गोविन्द अञ्जानको छायांकन र राजेश कुमारको सम्पादन छ।

प्रतिक्रिया दिनुहोस्