रेडियन्ट पब्लिक र रातो बंगला सेमिफाइनलमा


काठमाडौं, (नेस) ।

आयोजक रेडियन्ट पब्लिक र रातो बंगला १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

स्युचाटारस्थित घरेलु कोर्टमा रेडियन्ट पब्लिकले कश्यपलाई २२–९ ले पराजित ग¥यो । रेडियन्टका जेनिश लामिछानेले १० अंक जोडे । रातो बंगलाले केभीएस, स्युचाटारलाई १३–८ ले हरायो । रातो बंगलाका शिभान्सले ४ स्कोर गरे । हारका बावजुद केभीएस पनि समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा रातो बंगलाको भेट ह्वाइटफिल्डसंग हुने भने रेडियन्ट पब्लिकले केभीएस, स्युचाटार विरुद्ध खेल्ने छ ।

सिनियर ब्वाइजमा ग्रिनफिल्डले न्यु जेनिथलाई २९–१५, एलआरआईले कश्यपलाई ३६–३५ र रेडियन्ट पब्लिकले राराहिललाई ४४–३५ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । ग्रिनफिल्डका मोहित ऐडीले १७, एलआरआईका सुजल मडईंले २० र रेडियन्ट पब्लिकका सुगम राना मगरले १३ स्कोर गरे ।

सिनियर ब्वाइजमै निसर्ग वाटिका, होली भिजन, पुष्पसदन, केभीएस, स्युचाटार, स्वर्णिम, राइजिङ स्टार, ज्ञानोदय, मोक्षदा, केभीएस, रानीवन र बाल दीक्षा सदन प्रिक्वाटरफाइनलमा पुगे ।

सिनियर गल्र्समा क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनल निसर्ग र एलआरआई, रिब्स र ज्ञानोदय, रेडियन्ट पब्लिक र एक्सेल्सियर तथा राराहिल र स्वर्णिमबीच हुनेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।