भरतमणिले जिते ‘कमेडी च्याम्पियन-२’ को उपाधि



काठमाडौं ।

कमेडी च्याम्पियन दोस्रो सिजनको उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै भरतमणिले उपाधि चुमेका हुन्।

उपाधि जितेसँगै भरतले २५ लाख रुपैयाँ र कार पुरस्कार पाएका छन्। यस्तै, सिक्किमका विक्की फस्ट रनर–अप बनेका छन् । प्रतियोगिताको उपविजेता बनेका उनले ’टिभिएस अपाचे’ बाइक पाएका छन् । गोरखाका सन्तोष थापा भने तेस्रो स्थानमा चित्त बुझाए। उनले टिभिएस स्कुटर पुरस्कार पाएका छन्।

प्रतिक्रिया दिनुहोस्