चेपाङको कथामा अस्तित्वको लडाइँ



गाेविन्द गौतमको निर्देशनमा बन्ने फिल्म अस्तित्वको लडाइँको शुभमुहूर्त गरिएको छ। मकवानपुर जिल्लाको चैनपुर राक्सिराङमा आयोजित एक समारोहबीच फिल्मको शुभमुहूर्त गरिएको हो।

फिल्मको कथा पनि निर्देशक गौतमले नै लेखेका छन्। चेपाङ समुदायको कथामा बन्न लागेको फिल्म दशैंतिहारपछि सुटिङ फ्लोरमा जाने यसका कार्यकारी निर्माता सुवास काफ्लेले जानकारी गराएका छन्। सरिता ढुंगानाको लगानीमा निर्माणाधीन फिल्म नेपाल चेपाङ समाजले निर्माण गर्न लागेको हो। फिल्मका लागि सुनील थापा, प्रशान्त तामाङ, सम्पदा बानियाँ अनुबन्धित भइसकेका छन् भने अन्य कलाकार छनोटको क्रममा रहेका छन्। रामशरण कोइराला फिल्मका एसोसियट निर्देशक हुन्। फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्