आँखाका नानी सार्वजनिक



गायक कृशल कँडेलको ओडेर घुँघटको सफलतापछि बाँकी कथा भनिएको यी आँखाका नानी बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा गायक कृशल कँडेलसँगै मेलिना मैनालीको स्वर रहेको छ। गीतको म्युजिक भिडियोमा कृशलसँगै मेलिना मैनालीकै अभिनय रहेको छ। ओडेर घुँघटको म्युजिक भिडियोमा कृशल र सेड्रिना शर्माको जोडी थियो भने बाँकी कथामा मेलिनाको प्रवेश भएको छ। सेड्रिनाको अध्ययनका कारण दोस्रो भागमा राख्न नसकिएको जनाउँदै निर्देशक दीपक आचार्यले गायिका मेलिनाले पनि अभिनयमा सम्भावना बोकेकाले कृशल र मेलिनाको जोडीलाई भिडियोमा राखिएको बताए।

सार्वजनिक गीतको म्युजिक भिडियो द प्रिमियर प्रोडक्सन युट्युब च्यानलमा सार्वजनिक भएको हो। दीपक आचार्य ‘काकु’ ले लेखेको गीतमा अर्जुन पोख्रेलले संगीत भरेका छन्। बुद्ध थापाको छायांकन रहेको गीतको म्युजिक भिडियो चन्द्रन दत्तले सम्पादन गरेका छन्। म्युजिक भिडियो सुष्मा गुरागाईंले निर्माण गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्