मञ्जुको माया



गायिका मञ्जु थापाको गीत माया मुरी मुरी सार्वजनिक भएको छ। उद्धव प्याकुरेलको शब्द, विक्रम थापाको संगीत र सन्दीप कार्कीको संगीत संयोजन रहेको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो।

जीवन शाहीको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा समृद्धि पौडल र सञ्जय विकलाई फिचरिङ गरिएको छ। म्युजिक भिडियोमा दीपेन बस्नेतको छायांकन र सम्पादन रहेको छ। गीतमा मुरीका मुरी माया गर्ने मान्छेले नै धुरी चढाएर खसाल्ने पो हो कि भन्ने शंका व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस्