तीजलाई भड्किलो नबनाऔँ



  • सुष्मा महरा

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । पिता हिमालयले पार्वतीको इच्छा विपरित विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरेकीले यस पर्बको नाम हरितालिका रहन गएको भनाई छ ।

त्यसैले हामी हिन्दुनारीले पनि रातो सारीमा चिटिक्क परेर हिँडडुल गर्ने, नाच्ने गाउने र आफ्नो स्वास्थ्य र श्रीमानको दिर्घायुको कामना गर्दै ब्रत बस्ने हरितालिका तिज मनाउदै आएका छौ ।हाम्रो संस्कार र संस्कृतिमा केही परिवर्तन आएसँगै तिज पर्वको रौनकले महिलालाई मात्र होर्ईन कतिपय पुरुषलाई पनि छोएको छ ।

विभिन्न स्थानमा हुने तीज कार्यक्रममा महिला सँगसँगै पूरुषको पनि उत्तिकै सहभागीता देख्न सकिन्छ । जसले गर्दा हाम्रो मौलिकता हराउने हो कि भन्ने गुनासो पनि आएको छ ।त्यसो त, परिवर्तनको लहरसँगै पश्चिमी जीवनशैली , उत्ताउला र भड्किने रमझमले गुनासा बढ्नु स्वभाकविकै हो । तै पनि सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान बोकेको यो पर्वले हिन्दु धर्मावलम्बीहरूको उत्कृष्ट पहिचान बोकेको छ ।

तीज पर्वको शिवगौरी संवादको धार्मिक र ऐतिहासिक पक्ष हेर्दा, व्रत उपवासको बारेमा उठेको पार्वतीको जिज्ञासामा शिवजीले हरितालिकाको व्रत विधान बताएका थिए । जसमा भाद्रशुक्ल तृतीयाका दिनमा हस्त नक्षत्र र सोमवार परेमा यी तीनै चीजको संयोगमा उपवास गरी उपासना र आराधना गर्नाले सम्पूर्ण किसिमका पापराशिहरुबाट मुक्ति पाउने कुराको उल्लेख भएको पाइन्छ ।

त्यस्तो समयको व्रतलाई उत्तम कोटिको व्रत मानिन्छ ।विशेष गरि धार्मिक र सांस्कृतिक पक्ष ओगटेको यो चाडले महिलाको अस्तित्व उच्च स्थानमा कायम राखेको छ । यस पर्वले परिवारमा आत्मियता र सद्धभाव बढ्ने गरेको छ । धार्मिक संस्कारयुक्त तीजको पहिरनमा गहना र लत्ताकपडाको आफ्नै किसिमको महत्व छ ।

तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन आधुनिकीकरणको नाममा भड्किलो र असभ्य पहिरन र जथाभाबी मेकअप गर्न हुन्न भन्नेमा भन्छु

म एक सौन्दर्यविद भएकाले तिज पर्व मेरो लागी विशेष पर्व हो । आफुलाई र अरुलाई सजाउनु र राम्रो बनाउनुमा नै म रमाउछु । अहिलेको यो बदलिदो समयसँगै तीज मनाउने तौरतरिकामा पनि रुपान्तरण आएको छ । दुख बेदनाका गीत मात्र होईन केही रमाईला गीत संगीत पनि गुञ्जीने भएकाले यसपालीको तीज अरु बेलाको भन्दा फरक छ तर समाजका हरेक तह र तप्काका मानिसहरुले आआफ्नै शैलीमा तीजलाई उत्सवको रुपमा मनाउन थालेकाले मेरो बुझाईमा यो राम्रो हो भन्ने लागेको छ ।

 (सुष्मा महरा , वरिष्ठ सौन्दर्यविद् तथा फेसल हाउस संचालिका )

प्रतिक्रिया दिनुहोस्