भरतमणिलाई ताप्लेजुङमा स्वागत



दिलकुमार लिम्बू, ताप्लेजुङ ।

पूर्वयुवराज पारसको क्यारिकेचर गरेपछि रातारात चर्चामा आएका कमेडी च्याम्पियनको उत्कृष्ट ३ मा पर्न सफल भरतमणि पौडेललाई गृह जिल्ला ताप्लेजुङमा भव्य स्वागत गरिएको छ ।

ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल र्‍यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति बाजा र च्याब्रुङसहित भेषभूषामा सजिएका जिल्लाबासीले बजार परिक्रमा गराएका थिए। स्वागतमा फुङिुलङ बजारका नागरिकले स्वतःस्र्फूतरूपमा घरको अगाडि घडा सजाएका थिए। कमेडी च्याम्पियन सिजन २ को उपाधि चुम्न शुभकामना दिँदै ताप्लेजुङका नागरिकले फूल, माला, खादा र अबिर दलेका थिए। पौडेलले काबेली बजारबाट आर्शिवाद लिँदै फुङलिङ बजार परिक्रमा गरेका थिए। कमेडी च्याम्पियनको पछिल्लो शृंखलामा उनी पूर्वयुवराज पारसको क्यारिकेचर गरेपछि अझ चर्चामा छन्।

प्रतिक्रिया दिनुहोस्