सुदर्शनले बर्थडेमा पाए सुप्रिया गिफ्ट



निर्माता, निर्देशक तथा अभिनेता सुदर्शन थापाले आफैँले चाहेको बर्थडे गिफ्टस्वरूप प्रेमिका सुप्रिया कटुवाललाई पाएका छन्।

थापाले सोमबार आफ्नो जन्म दिनको अवसर पारेर राजधानीमा आयोजित एक पारिवारिक समारोहबीच मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका छन्। सुदर्शन र सुप्रिया केही समययता प्रेम सम्बन्धमा थिए। तर, उनीहरू आफ्नो प्रेम सम्बन्धलाई गोप्य राख्न सफल हुँदै आएका थिए। सुदर्शन र सुप्रियाको बिहेको मिति भने आगामी असोज २२ गतेलाई पक्का गरिएको छ।

प्रतिक्रिया दिनुहोस्