१०८९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु



न्युज अफ नेपाल ,काठमाडौं ।

 नेपालमा पछिल्लो २४ घण्टामा १०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ९ सय ७१ जनामा गरिएको परीक्षणमा १ हजार ८९ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ५३४ जना निको भएका छन् ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६९ हजार २७१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ भने ७ लाख २७ हजार १८५ जना संक्रमणमुक्त भएका छन् ।अहिले देशभर ३१ हजार २ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्