प्रधानमन्त्री मोदीको पुत्ला दहनप्रति गृह मन्त्रालयको गम्भीर आपत्ति



न्युज अफ नेपाल, काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको भन्दै गृह मन्त्रालयले गम्भीर आपत्ति जनाएको छ । मन्त्रालयले आज (आइतबार) एक विज्ञप्ति जारी गरी नेपालका मित्रराष्ट्रका विषयमा पनि अनावश्यक टिप्पणी गरेर उनीहरुको स्वाभिमानमा प्रश्न नउठाउन आग्रह गरेको छ ।

छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिमा गृहले ध्यानाकर्षण भएको विज्ञप्ति निकालेर उल्लेख गरेको हो।

गृहका सहसचिव फणिन्द्रमणि पोखरेलले आइतबार विज्ञप्ति निकालेर ‘यस्ता उच्छृङ्खल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ’ भनिएको छ। सरकार नेपाली भूमिमा सबै मित्रराष्ट्रहरूसँग पारस्परिक सम्बन्ध अझ ग्रगाढ बनाउन चाहने पनि विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्