भक्तपुरका ३१ वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन



पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत भक्तपुर जिल्लाका ४ नगरपालिकाका विभिन्न वडाहरुमा सर्वसम्मत रुपमा निर्वाचन सम्पन्न भएको छ ।

भदौ १८ गते शुक्रवारदेखि देशका बिभिन्न जिल्लाका वडाहरुमा जस्तै भक्तपुरमा निर्वाचन प्रक्रिया सुरु भएको छ । यहाँ प्रायः वडा तहमा वडाकार्य समिति र वडाबाट जाने क्षत्रीय प्रतिनिधिहरु सर्व सम्मत र निर्विरोध रुपमा चयन भएका छन् । जिल्लाका केही वडाहरुमा भने चुनाव हुने वातावरण देखिएको छ ।भक्तपुरका ३८ वडामध्ये ३१ वटा वडामा कार्यसमिति चयन भइसकेको छ । यी सबै वडामा सर्वसम्मतिले कार्यसमिति चयन गरिएको छ ।

जसमा भक्तपुर नगरपालिकाका ९ वटा, सूर्यविनायक नगरपालिकाका ९ वटा, चाँगुनारायण नगरपालिकाका ६ वटा र मध्यपुर थिमी नगरपालिकाका ६ वटा वडामा सर्वसम्मत रुपमा कार्यसमिति चयन गरिएको छ ।नेपाली कांग्रेस भक्तपुरका जिल्ला सदस्य एवं अभिलेख शाखा प्रमुख सुशिल बस्नेतले जिल्लाका ३१ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको जानकारी दिनुभयो ।सूर्यविनायक नगरपालिकाका १० वटामध्ये १, २, ३, ४, ५, ६, ७, ८ र ९ मा सर्वसम्मत चयन भएको छ ।भक्तपुर नगरपालिका १, २, ४, ५, ६, ७, ८, ९ र १० वडामा सर्वसम्मत सभापति चयन भएको नगरसभापति राम कासुलाले बताउनुभयो ।

त्यस्तै चाँगुनारायण नगरपालिका ४, ५, ६, ८ र ९ मा पनि सर्वसम्मत सभापति चयन भएका छन्। मध्यपुरथिमी नगरपालिकाका १,२, ३, ५, ८ र ९ नं वडामा पनि सर्वसम्मति भएको छ।कांग्रेस जिल्ला सचिब उद्धव सिलवालले स्थानीय तहको निर्वाचन सामुन्नेमा आएको र आमनिर्वाचन पनि आउँदै गरेको तथ्यलाई मध्यनजर गर्दै जिल्लामा सर्वसहमतिको अभ्यासलाई जोड दिएको बताउनुभयो ।अहिलेसम्म भक्तपुरका चार वटै नपाका वडाहरुमा देखिएको चुनाबी प्रकृयाले सभापतिमा को अगाडी छ भन्ने बिश्लेषण र आँकलन शुरु भएको छ ।

यससँगै जिल्ला सभापति, क्षेत्रीय सभापति,प्रदेश क्षेत्र सभापति,नगरसभापति लगायत बिभिन्न पदाधिकारी र महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यमा उम्मेवादवारको लर्को लाग्न थालेको छ ।२ दिन अघि कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले देशब्यापी वडा अधिबेशनको सुरुवात भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेबाट गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्