लोसपाद्धारा जिल्ला खेलकुद समिति रुपन्देहीका नव नियुक्तहरुलाई सम्मान



रुपन्देही ।

रुपन्देहीमा लोकतान्त्रिक समाजवादी पार्टीले जिल्ला खेलकुद समिति रुपन्देहीका नव नियुक्त तिन जनालाई शुक्लाको प्रमुख आतिथ्यतामा सम्मान गरिएको छ ।

लोकतान्त्रीक समाजवादी पार्टी सिद्धार्थनगर नगरकमिटीले आयोजना गरेको कार्यक्रममा जिल्ला खेलकुद समिती रुपन्देहीका नव नियुक्त कोषाध्यक्ष पदमा सुनिल पाण्डे , सदस्यमा बिनय कसौधन र अंकित कुर्मीलाई सम्मान गरिएको हो ।

सो कार्यक्रममा बोल्दै लोकतान्त्रीक समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य शर्वेन्द्रनाथ शुक्लाले युवा पुस्ता शक्ति भएको बताउनुभएको छ । उहाँले युवाहरुलाई गलत बाटोमा जान नदिन सबैभन्दा पहिला अनुशासनको बाटोमा लैजानु पर्ने र खेलाडीहरुमा भएको कमी कमजारीलाई सुधार गर्दै अघि बढाउन आग्रह गर्नुभयो ।

सम्मान ग्रहण गर्दै जिल्ला खेलकुद विकास समिती रुपन्देहीका कोषाध्यक्ष सुनिल पाण्डेले आफुले रुपन्देहीको खेलकुद विकासको लागी सक्दो काम गर्ने बताउनुभयो । पाण्डेले युवाहरुलाई खेलकुद क्षेत्रमा ल्याएर राम्रो खेलाडी उत्पादनमा आफ्नो कार्यकालसम्म खेलाडीको हितको लागी सधै अघि बढ्दै जनसुकै परिस्थितिमा पनि आफूले साथ दिने बताउनुभयो।

लोसपाका सिद्धार्थनगर कमिटी अध्यक्ष मोहम्मद बसिर मुसलमानको अध्यक्षतामा भएको कार्यक्रमको बिशिष्ठ अतिथीमा निलम कुमारी यादव, अतिथीमा जिल्ला अध्यक्ष अजय बर्मा, रामु यादव, नसिम अख्तर खान, इस्लाम खान लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्