रोटरी क्लबद्वारा पोखराका दुई विद्यालयमा शैक्षिक सामग्री वितरण



कास्की ।

रोटरी क्लब अफ पोखरा न्यूरोडले पोखराका दुई विद्यालय मा शैक्षिक सामग्री वितरण गरेको छ । क्लबले बाबा फ़ाउण्डेशन नेपालसँगको सहकार्यमा शनिवार पोखरा महानगरपालिका-५ मा रहेका बाराही माबी र धर्मस्थली आधारभूत विद्यालयमा अध्ययनरत२०७ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

शनिवार विद्यालय परिसरमा आयोजित एक समारोहमा कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ५ का अध्यक्षधनबहादुर नेपाली, बाबा फ़ाउण्डेशन नेपालका अध्यक्ष दिलीपराज श्रेष्ठ, रोटरी क्लब अफ पोखरा न्यूरोडका अध्यक्ष सुवर्ण कोईराला, क्लबका पूर्वअध्यक्ष एवं क्लबका पदाधिकारीहरूले दुवै बिधालयका प्रअ शिव भण्डारी र केदार बराललाई संयुक्त रूपमा शैक्षिक सामग्रीहस्तान्तरण गरेका थिए ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री अभाव रहेको जानकारी प्राप्त भएपछि स्टेशनरी सामग्री वितरण गरिएको रोटरीक्लब अफ पोखरा न्यूरोडका अध्यक्ष सुवर्ण कोईरालाले बताउनु भयो ।क्लबले स्थापना कालदेखि कास्की र आसपासका जिल्लामा आवश्यकता अनुसार विद्यालयमा विभिन्न कार्यक्रम सञ्चालन गर्दैआइरहेको अध्यक्ष कोईरालाले बताउनु भयो ।

बाबा फाउण्डेशनका अध्यक्ष दिलीपराज श्रेष्ठले फाउण्डेशनले सामाजिक बिकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्नेबिषयलाई ध्यानमा राखी स्थानिय श्रोत र साधनको अधिकतम परिचालनबाट सामाजिक सेवाका कार्यलाई अगाडि बढाउदै आईरहेकोबताउनुभयो । उहाँले बालबालिकाले शिक्षा प्राप्त गर्ने मौलिक अधिकार प्राप्त गरेता पनि गरिवि र बिपन्नताका कारण कपि कलमकोसमस्याले विधार्थीहरुमा पठन पाठनमा कठिनाई भएको बिधालय प्रशासनबाट प्राप्त सुचना अनुसार शैक्षिक समाग्री बितरण गरिएकोबताउनु भयो।

 

१ देख़ि ५ कक्षामा अध्ययनरत बाराही माबीका १०५ र धर्मस्थली आधारभूत विद्यालयका १०२ जना छात्रछात्रालाई जनहि १र१ दर्जन कपि, कलम, सिसाकलम सोहि मात्रामा इलेजर र कटर वितरण गरिएको र आवश्यकता अनुसार निरन्तरता दिईने क्लबका सर्भिस कमिटीचेयरपर्सन पुष्पकमल पौडेलले बताउनु भयो ।

क्लबका अध्यक्ष सुवर्ण कोईरालाको अध्यक्षतामा सम्पन्न शैक्षिक सामग्री वितरण कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ५ काअध्यक्ष धनबहादुर नेपाली, क्लबका पूर्वअध्यक्षहरु रवि वराल, पशुपति शर्मा, पुष्पकमल पौडेल, आउदो बर्षका अध्यक्ष गीता सिग्देल, उपाध्यक्ष दीपेन्द्र शर्मा, सचिव दुर्गा पौडेल लगायतको सहभागिता रहेको थियो  ।

प्रतिक्रिया दिनुहोस्