एमाले अध्यक्ष ओली अस्वस्थ



न्युज अफ नेपाल, काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन् ।

पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रवारदेखि बिरामी भएको उनका प्रेस सहयोगी रामशरण बजगाईंले जानकारी दिए ।

ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन् । अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको बजागाईंले बताए ।

 

प्रतिक्रिया दिनुहोस्