भारतमा एकैदिन १ करोड ३३ लाख खोप खुराक प्रदान



इन्डिया न्युज नेटवर्क ।

भारतमा एकैदिन १ करोड ३३ लाख खोप खुराक प्रदान गरिएको छ । हालसम्ममा प्रदान गरिएको यो सबैभन्दा उच्च खोप खुराक संख्या हो ।

बुधबार केन्द्रीय स्वास्थ्य मन्त्रालयले जारी गरेको बिहान ७ बजेसम्मको अस्थायी प्रतिवेदनअनुसार अघिल्लो २४ घण्टामा १ करोड ३३ लाख १८ हजार ७ सय १८ खोप खुराक प्रदान गरिएको छ ।

पाँच दिनमा दोस्रोपटक भारतमा १ करोडभन्दा बढी खोप खुराक प्रदान गरिएको छ ।

यसैका साथ हालसम्म भारतमा कुल ६५ करोड ४१ लाख १३ हजार ५ सय ८ खोप खुराक प्रदान गरिएको छ ।

यी सम्पूर्ण खोप खुराक ६९ लाख ६ हजार ३ सय ५७ सत्रमार्फत प्रदान गरिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार केन्द्र सरकार सम्पूर्ण वयस्क जनताका लागि द्रुत गतिमा खोप प्रदान गर्न प्रतिबद्ध रहेको छ ।

त्यस्तै, गत २४ घण्टामा ३३ हजार ९ सय ६४ जना निको भएका छन् । जसका कारण हालसम्म ३ करोड १९ लाख ९३ हजार ६ सय ४४ जना बिरामी निको भइसकेका छन् ।

यसका साथै भारतको संक्रमण मुक्त दर ९७ दशमलव ५१ प्रतिशत पुगेको छ ।

यसका साथै राज्य सरकार र केन्द्र शासित प्रदेशको संयुक्त प्रयासको नतिजाअनुसार लगातार ६६ दिन भारतमा ५० हजारभन्दा कम नयाँ संक्रमित बिरामी थपिएका छन् । गत २४ घण्टामा ४१ हजार ९ सय ६५ जना नँया संक्रमित बिरामी थपिएका छन् ।

देशको सक्रिय संक्रमित संख्या हाल ३ लाख ७८ हजार १ सय ८१ पुगेको छ । हाल सो संख्या देशको कुल सकारात्मक संख्याको १ दशमलव १५ प्रतिशत हो ।

गत २४ घण्टामा १६ लाख ६ हजार ७ सय ८५ वटा नमुना परीक्षण गरिएको छ । हालसम्म देशमा ५२ करोड ३१ लाख ८४ हजार २ सय ९३ वटा नमुना परीक्षण भइसकेको छ ।

यसका साथै देशको साप्ताहिक सकारात्मकता दरमा पनि कमि आउँदै गएको छ । हाल साप्ताहिक सकारात्मकता दर २ दशमलव ५८ प्रतिशत पुगेको छ । लगातार ६८ दिन यो दर ३ प्रतिशत भन्दा कम कायम रहँदै आएको छ ।

दैनिक सकारात्मक दर २ दशमलव ६१ प्रतिशत पुगेको छ ।लगातार ८६ दिन सो दर ५ प्रतिशतभन्दा कम कायम रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्