न्युयोर्क सिटीमा संकटकालको घोषणा



न्युयोर्क सिटी, (एजेन्सी) ।

उष्ण तापक्रमसहितको आँधीबेहरीका कारण आएको भीषण वर्षा र बाढीलाई लिएर अमेरिकाको न्युयोर्क सिटीमा आपतकालीन स्थिति घोषित गरिएको छ । त्यहाँका मेयर बिल डी ब्लासियोले भनेका छन्– ‘अप्रत्यासित र नयाँ ऐतिहासिक कीर्तिमानै राख्ने खालले आएको बाढी र सडकहरूको खतरनाक स्थितिका कारण सरकारले न्युयोर्क सिटीमा संकटकाल घोषणा गरेको छ ।

सामाजिक सञ्जालहरूमा राखिएका भिडियो फुटेजहरूमा सबवे स्टेसन र मानिसहरूका घरघरमा पानी पसिरहेको र सडकहरू डुबानमा परेको देखिन्छ । न्युजर्सीमा पनि संकटकाल घोषणा गरिएको छ भने एक जना मानिसको बाढी र वर्षाकै कारण ज्यान गएको औपचारिक पुष्टि भएको छ ।

स्थानीय मेयरले न्युजर्सीको पास्सेइकमा एक व्यक्तिको पानीमा डुबेर मृत्यु भएको तथा आँधीका कारण मुल्लिका हिलस्थित कम्तिमा नौ वटा घर क्षतिग्रस्त भएको जनाएको छ ।

त्यसैगरी, न्युजर्सीकै कियर्नीस्थित एउटा हुलाक भवनको छाना खसेको छ । प्रहरी र उद्धारकर्मी घटनास्थलमा पुगिसकेका छन् भने घाइतेको यथार्थ विवरण बाहिरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्