नेपाल र भारतबीच बराबरी



काठमाडौँ ।

नेपाल र भारतबीच भएको मैत्रीपूर्ण फुटबल खेल १–१ को बराबरीमा टुंगेको छ ।

नेपालकोतर्फबाट मध्यान्तरअघि अञ्जन विष्टले ३६ औं मिनेटमा एक गोलको अग्रता लिएका थिए । त्यस्तै, भारतका लागि अनिरुध थापाले ६० औं मिनेटमा एक गोल हान्दै खेललाई बराबरीमा ल्याएका थिए ।

सुनिलले सुरुमा गरेको शक्तिशाली प्रहार नेपाली गोलरक्षक किरण चेम्जोङले जोगाए पनि सोही बल ड्रप हुने क्रममा अनिरुधले गोल लाइन नजिकैबाट प्रहार गर्दै गोल गरेका थिए । नेपालका प्रमुख डिफेन्डर अनन्त तामाङ चोटका कारण मैदानबाहिर रहेको मौकामा भारतले गोल गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्