२ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु



न्युज अफ नेपाल ,काठमाडौँ । 

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६५८ जनाको पीसीआर परीक्षणमा १ हजार ६१९ र ३ हजार ९९२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८५ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८४६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्