संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ स्थगित गर्न सर्वोच्चकाे आदेश



न्युज अफ नेपाल ,काठमाडौं।

न्यायाधीश हरि फुयालको एकल इजालसले बिहीबार संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने कि नरहने भन्ने विषय महत्वपूर्ण भएकाले तत्काल संवैधानिक नियुक्ति सम्बन्धी सुनुवाइ स्थगित गर्न आदेश दिएको छ ।

अधिबक्ता दिपकविक्रम मिश्रले दर्ता गराएको प्रधानन्यायाधीश वा न्यायाधीशले आफ्नो स्वर्थ जोडिएका मुद्धा हेर्न नहुने प्राकृतिक न्यायको सिद्धान्त र न्यायाधीशको आचारसंहिता पालना गराउन माग गरिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्