सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न



????????????????????????????????????

काठमाडौं ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बिहिबार आयोजित वृक्षारोपण कार्यक्रम सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

निजामती सेवा दिवसको अवसरमा राष्ट्रसेवक कर्मचारी वृक्षारोपण अभियानमा हातेमालो गर्दै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिषरमा आयोजित उक्त वृक्षारोपण कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल,सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कडेल खनाल, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु वासुदेव वली, सनतकुमार बस्नेत, किशोर कुमार लामा, शैलेन्द्र कुमार श्रेष्ठ, दुर्जकुमार राई र सिंहबहादुर श्रेष्ठ तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के सी र रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत र सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरुले सो अवसरमा वृक्षारोपण गर्नुभएको हो ।

त्यस अवसरमा अम्बा १५, कागती ४, नासपाती १, आरुबखेडा ३, एभोगाडो ३,सुन्तला २, तेजपत्ता २०, ओखर ३, रुद्राक्ष २, रिट्ठा १३, अनार १, जुनार ३, ज्याकारण्डा १४, मेसेडोनिया ८, स्याउ २ र धुपी १० गरी जम्मा १ सय ४ वटा बिरुवा रोपिएको छ ।अभियानको रुपमा सुरु गरिएको वृक्षारोपण कार्यक्रम भाद्र १८ गतेदेखि २० गतेसम्म सशस्त्र प्रहरी बल नेपालको देश भरका विभिन्न एकाईहरुमा समेत संचालन गरिने छ ।

 

 

प्रतिक्रिया दिनुहोस्