बुटवल–पाल्पा २ दिन रात्रीकालीन यातायात आवगमन बन्द



यमलाल भुसाल, बुटवल ।

पहिरो हटाउन सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा २ दिन रातिमा सवारी साधन आवागमनमा पूर्ण रुपमा बन्द गरिने भएको छ ।

विगत केही दिन देखिको अविरल वर्षाका कारण तानसेन नगरपालिका–८ स्थित तल्लो डुम्रेमा गएको पहिरो हटाउन अझै बाँकी रहेकाले पहिरो हटाउन रातिमा सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाका सहायक प्रमुख जिल्ला शशीधर घिमिरेले बिहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म र शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म २ दिन बुटवल–पाल्पा सडक खण्डमा सवारी साधन आवागमन बन्द रहने छ । बन्दको समयमा एम्बुलेन्सलाई मात्रै चल्न दिने सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।

पहिरो ठूलो रहेकाले दुई दिनमा हटाएर नसकिए समय थप गरेर हटाइने छ । डुम्रेमा पहिरो गएपछि अवरुद्ध बनेको सो सडक पानी नर्पदा एकतर्फी रुपमा सञ्चालनमा आएको छ भने पानी पर्दा पहिरो झर्ने हुदाँ खुल्नर बन्द हुने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्