काग्रेस मधिवेशन: पुरानो गुट भत्किदै, नयाँ गुट थपिदै



रामकृष्ण चापागाईं, काठमाडौं ।

नेपाली कांग्रेसको तल्लो तहको महाधिवेशन आज शुक्रवारबाट शुरु हुदै छ । मंसिर ९ देखि १३ सम्म १४औं महाधिवेशन गर्न लागेको काग्रेसभित्रको आन्तरीक गुट–उपगुट केन्द्र देखि वडा तहसम्म फैलिएको छ । अघिल्लो अधिवेशनमा तीन गुट स्पष्ट देखिएको यो पार्टी भित्र १४औं महाधिवेशनमा थप गुट स्थापित हुने देखिएको छ ।

१२औं महाधिवेशन सम्म दुई गुट रहेको काग्रेस भित्र १३औं महाधिवेशन सम्म आइपुग्दा तीन गुट स्थापित भएको थियो । १४औं महाधिवेशनमा बढेर पाच गुट सम्म पुग्ने अनुमान छ । यस अघि स्थापित संस्थापन पक्षमा सभापति शेरवहादुर देउवा गुट, वरिष्ठ नेता रामचन्द्र पौडेल गुट र नेता कृष्णप्रसाद सिटौलाको गुट छिन्नभिन्न भएर थप गुट स्थापित हुने बाटोमा अग्रसर भइरहेको छ । देउवा पक्षका नेता उपसभापति विमलेन्द्र निधिले सभापतिको घोषणा गर्दै आफ्नो टिम बनाउन थालेसंगै चौथो गुटको रुपमा नीधि पक्ष स्थापित हुने निश्चित देखिएको छ ।

देउवा गुटमा नेताहरु विजयकुमार गच्छेदार, पुर्णवहादुर खड्का, डा. प्रकाशसरण महत, बालकृष्ण खाण, रमेश लेखक, गोपालमान सिंह तथा महालक्ष्मी उपाध्याय डिना लगाएतका प्रभावशालि नेताहरु छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल गुटमा डा. रामशरण महत, डा. शसांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिह, डा. मिनेन्द्र रिजाल, दिलेन्द्र प्रसाद बडु, बलवहादुर केसी लगाएतका प्रभावशालि नेताहरु छन् ।सिटौला गुटमा भिमसेनदास प्रधान, उमाकान्त चौधरी, शिवप्रसाद हुमागाई, गगन थापा, प्रदिप पौडेल लगाएतका प्रभावशालि नेताहरु छन् । यता यसअघि देउवा गुटकै प्रमुख सारथिका रुपमा रहेका उपसभापति विमलेन्द्र नीधिको सभापतिको उमेद्वार बन्ने घोषणा संगै छुट्टै गुट निर्माण हुदैछ । निधि गुटमा पनि प्रभावशालि नेताहरु ज्ञानेन्द्र वहादुर कार्की, एनपी साउद, प्रदिप गिरि लगाएत तराई क्षेत्रका थुप्रै नेताहरु सक्रिय छन् ।

पौडेल गुटमा रहेका नेताहरु डा. शसांक कोइराला र शेखर कोइराला संग छुट्टै गुट बनाए नेताहरु मिनेन्द्र रिजाल, गगन थापा, प्रदिप पौडेल, दिपक गिरी लगाउतका नेताहरु थपिने संकेत आइरहेको छ । देउवा गुटबाट नेतृत्व दाबी गर्दै विमलेन्द्र निधि छुट्टिएको बाहेक अन्य नेताहरुले नेतृत्व दाबी गरेका छैनन् भने पौडेल गुटमा नेतृत्व दाबी गर्ने संख्या धेरै छ । पौडेल आफै नेतृत्व लिन चाहिरहेका छन भने डा. शेखर कोइराला, डा. शसांक कोइरालाले पनि नेतृत्व दावी गरिरहेका छन् ।आफ्नो गुट बाट नेतृत्वको लागि साझा उमेद्वार अघि नबढे सम्म पुनः नेतृत्वमा दोहो-याउने रणनीतिका साथ अघि बढेका वर्तमान सभापति देउवालाई हटाउन नसकिने निष्कर्ष निकाले पनि पौडेल समुहले साझा उमेद्वार छान्न सकेको छैन । देउवा विरुद्ध साझ उमेद्वार तयार गर्ने उदेश्यले केन्द्रिय सदस्य बलवहादुर केसीले केहि दिन अघि पौडेल पक्षको उपगुटका नेताहरु समेतको भेला गराई साझा उमेद्वार छान्ने कुराको प्रक्रियाका शुरु गर्नुभएको थियो । यसको निरन्तरता गर्दै बैठक बस्ने क्रम अझै जारी छ ।

पछिल्लो समय डा. शेखर कोइरालाले साझा उमेद्वार छान्ने कुरामा स्पष्ट रुपमा आफ्नो हैसियत देखाउने उचित प्लेटफर्म महाधिवेशन भएकाले आफु सभापतिको उमेद्वार नछोड्ने बताएपछि वरिष्ठ नेता पौडेल ससंकित भएका छन् । ‘महाधिवेशनमा इच्छा हुने सबै सभापतिमा लडौ, पहिलो चरणमा जस्को धेरै मत आउछ दोस्रो चरणमा उसैलाई समर्थन गरि अघि बढौ’ डा. कोइरालाको भनाई थियो । काग्रेस विधानमा सभापतिमा दुई भन्दा बढी उमेद्वार भएमा विजयी हुन कुल खसेको मतको ५० प्रतिशत मत कटाउनु पर्ने छ । अन्यथा सबै भन्दा बढी मत ल्याउने दुई उमेदेवार वीच पुन निर्वाचन हुन्छ ।काग्रेसको आन्तरीक राजनीति भित्र भारतिय पक्षको समेत चासो र प्रभाव रहने बताइन्छ ।

अघिल्लो अधिवेशको अन्तिम समयमा नेता प्रदिप गिरिले भारतिय पक्षको साथ र सहयोग देउवालाई उपलब्ध गराएपछि तत्कालिन अवस्थामा कृष्ण प्रसाद सिटौला खुमवहादुर खड्का लगाएतका नेताहरुले देउवालाई नै सहयोग गरेका थिए । १४औं महाधिवेशनमा भने नेता गिरिले आफ्नो उमेद्वारको रुपमा विमलेन्द्र निधिलाई अघि सारेपछि भारतिय पक्षको साथ र सहयोग निधिलाई नै हुने स्रोतको दाबी छ ।
देउवा गुटबाट छुट्टिएर सभापतिको उमेद्वार घोषणा गरेसंगै निधिलाई तह लगाउन देउवा गुट अर्का नेता गोपालमान सिंहले पनि आफ्नो गृह जिल्ला स्याङ्जा गएर १४ औं महाधिवेशनमा सभापतिको उमेद्वारी दिने घोषणा गनुृभएको थियो । काग्रेसको नेतृत्व युवा पुस्ताको हातमा लिने उदेश्यका साथ नेता कल्याण गुरुङले वुधवार राजधानीमा पत्रकार सम्मेलन गरि सभापतिको उमेद्वारी दिने घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्