पत्रकार खड्काथोकीलाई मातृशोक



न्युज अफ नेपाल, काठमाडौं ।

पत्रकार विश्वास खड्काथोकीलाई मातृशोक परेको छ । पत्रकार खड्काथोकीकी ममतामयी आमा लक्ष्मीमाया खड्काथोकीको बुधबार दिउँसो निधन भएको हो ।

कोरोना भाइरस संक्रमणका कारण उनको ४८ वर्षको उमेरमा काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको पत्रकार मिलन विश्वकर्माले न्युज अफ नेपाललाई जानकारी दिए । उनको आजै दाहसंस्कार समेत गरिएको पनि पत्रकार विश्वकर्माले बताए ।

बागलुङको काठेखोला गाउँपालिका-३ धम्जा निवासी लक्ष्मीमायाको स्वास्थ्य जटिल बन्दै गएपछि  केही समयदेखि आइसियुमा राखेर उपचार भइरहेको थियो । पत्रकार खड्काथोकीले लामो समय नेपाल समाचारपत्रमा काम गरेका थिए । पत्रकार महासंघ बागलुङको सदस्य रहेका खड्काथोकी क्रियाशील दलित पत्रकार संघ नेपालका केन्द्रीय महासचिव समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्