काठमाडौँ।
पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज चार घण्टाका लागि बन्द गरिने भएको छ । धादिङको मझिमटारमा निर्माणाधीन आकाशे पुलको गर्डर जडान गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडकमा सवारी आवागमन रोकिने भएको हो ।
पुलको गर्डर जडान कार्यलाई सुरक्षित रूपमा सम्पन्न गर्न उक्त अवधिमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ ।
सडक बन्द रहने समयमा चालक तथा यात्रुलाई यथास्थानमा रहेर सहयोग गर्न, लेन अनुशासन कायम राख्न र ट्राफिक नियमको पालना गर्न आग्रह गरिएको छ ।











प्रतिक्रिया