अर्नब चक्रवातको प्रभाव: चार प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौँ ।

पश्चिमी वायु र बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा भारी वर्षा र हिमपात हुन सक्नेछ। शुक्रबार पनि देशभर बदली रहने र धेरै स्थानमा चट्याङ्गसहित वर्षा तथा हिमपातको सम्भावना रहेको छ। केही स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने देखिएको छ।