नेपाली कांग्रेस रुपन्देहीमा सर्वसम्मत नेतृत्व चयनको लागि प्रयास जारी



यमलाल भुसाल, बुटवल ।

हीले पार्टीको १४ औं महाधिवेशनको तयारी तिव्र बनाएको छ जनाएको छ । यहि भाद्र १८ गते वडा अधिवेशनवाट पार्टी अबिधेशनमा जुटेको हो  । कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जिल्लामा सर्वसम्मत नेतृत्व चयनको अधिकत प्रयत्न भैरहेको बताउनु भयो । अधिवेशन गर्न परे सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पालन गरेर नै अधिवेशन सम्पन्न गरिने उहाँले बताउनु भयो । रज्जाकले वडा तहमा खटिने निर्वाचनकर्मिहरुलाइ सहयोग गर्न आग्रह गर्नु भयो । वडा तह बलियो भएमा पार्टी बलियो हुने हुँदा विवाद रहित तवरले अधिवेशन हुनु पर्नेमा उहाँले जोड दिनु भयो ।

केन्द्रले जिल्ला स्तरको निर्वाचन सम्पन्न गर्न रुपन्देहीमा प्रमुख निर्वाचन अधिकृत खटाएको छ । रुपन्देहीमा निर्वाचन सम्पन्न गराउन भेषराज घिमिरे खटिनु भएको छ् । अधिवेशनको तयारी, निर्वाचन निर्देशिका तथा कार्यबिधी बारे काङ्ग्रेस रुपन्देहीले बुधबार पार्टी कार्यालय भैरहवामा जिल्लाका १ सय ५५ वडा सभापति, पालिका, क्षेत्रीय सभापतिहरुलाइ प्रशिक्षण दिएको छ । रुपन्देहीका १ सय ५५ वडा समितिहरुमा विहिवारदेखी नै १ सय ५५ जना निर्वाचन अधिकृतहरु खटिदै छन् ।

रुपन्देहीमा महाधिवेशनक लागी केन्द्रिबाट खटिएका निर्वाचन अधिकृत भेषराज घिमिरेले निर्वाचन समिति अधिवेशनको लागी तयारिमा लागेको र बिहिबार सम्ममा सबै वडाहरुमा निर्वाचन अधिकृत खटाइने बताउनु भयो । निर्वाचन समितिले स्थानिय स्तरमा सहकार्य गरि अधिवेसन गरिने र १८ गते सम्पन्न हुन नसकेका स्थानमा सहमतिमा अर्को दिन पनि निर्वाचन हुन सक्ने बताउनु भयो । रुपन्देहीमा १ सय ५५ वडामा करिब २३ हजार कांग्रेसका क्रियाशिल सदस्य रहेका छन् । वडा तहका निर्वाचनमा वडा समिति संगै नगर-गाउ, क्षेत्र, जिल्ला कार्यसमितिमा प्रतिनिधित्व चयन गर्ने गरि क्षेत्रिय प्रतिनिधिको लागी निर्वाचन हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्