नेपालको महत्वपूर्ण पर्यटकिय क्षेत्र ठमेललाई अझैं व्यवस्थित र प्रभावकारी बनाउने



काठमाडौं ।

अन्तर्राष्ट्रिय जगतमा नेपालको महत्वपूर्ण पर्यटकिय गन्तव्य स्थलको रूपमा ठमेल परिचित छ । पर्यटन व्यवसायी तथा घरधनीको हक र हितलाई संरक्षण गर्दै ठमेल क्षेत्रलाई व्यवस्थित र प्रवर्धन गर्ने कार्यमा ठमेल पर्यटन विकास परिषद् संलग्न रहेको छ।

कोभिडद्वारा सिर्जित महामारीका कारण लामो समय देखि नेपालको प्रमुख पर्यटकिय ठमेल क्षेत्रमा पनि ठूलो नोक्सानी पुर्याएको छ। यश क्षेत्रमा संचालनमा रहेका विभिन्न पर्यटन व्यवसायहरू निश्चित समय तोकेर संचालन गर्न अनुमती भए पनि रात्रिकालिन मनोरञ्जन व्यवसायहरू भने अझै पनि संचालन गर्न नपाउँदा अरबौँघाटा भइरहेको र लाखौँको रोजगारी गुमेको, व्यवसायीहरूले घरभाडा तिर्न नसकेको र सरकारले सहुलियत रूपमा बैँकबाट ऋण उपलब्ध गराउन सकेको छैन।

रात्रिकालिन मनोरञ्जन क्षेत्र ठप्प हुँदा यस व्यवसायमा आश्रीत ५०औँ हजार मजदुरहरू रोगले भन्दा भोकले मर्ने अवस्था सिर्जना भएको छ।रात्रिकालिन व्यवसायहरू लाउन्ज बार, डिस्को थेक, डान्स बार, दोहोरी, गजल, लाइभ ब्याण्ड, पव, होटल, रेष्टुरेण्ट, स्पा लगाएतका सम्पूर्ण व्यवसायहरूलाई प्रोटोकल बनाइ ल्याउन सुझाव दिएका छन् ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाश नरसिंह राणा।

अध्यक्ष राणाले रात्रिकालिन व्यवसाय संचालनमा ल्याउन अनुमति प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंमा रात्रिकालिन व्यवसायीहरूको हस्ताक्षर सहितको नामावली र प्रतिवद्धता पत्र बुझाएका छन्। एकदिन यता दोहोरी साँझ तथा रात्रिकालिन व्यवसाय संचालन तथा व्यवस्थापन समितिले र सम्पूर्ण व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा एकमुष्ट चाबी बुझाएका थिए।रात्रिकालिन व्यवसाय संचालनमा ल्याउन सि.सि.एम.सि जस्ता अन्य माथिल्ला तहहरूसँग पनि छलफल गर्ने र व्यवसाय संचालनमा ल्याउन भरपुर प्रयास गर्ने प्रतिबद्धता जनाए ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष नरसिंह राणा ।

प्रतिक्रिया दिनुहोस्