नेकपा समाजवादीबाट मन्त्री बन्ने यी हुन् सम्भावित नेताहरु



न्युज अफ नेपाल , काठमाडौँ ।

मन्त्रिपरिषद विस्तारको अन्तिम तयारी भइरहँदा नेकपा एकीकृत समाजवादीले विभिन्न ६ मन्त्रालयको जिम्मा पाउने लगभग निश्चित भएको छ ।

एक राज्यमन्त्री सहित ६ मन्त्रालय आफूहरुको भागमा आउने समाजवादीका नेताहरुले बताएका छन् । समाजवादीका एक केन्द्रीय सदस्यका अनुसार समाजवादीको तर्फबाट मन्त्री बन्नेको नाम लगभग टुंगो लागिसकेको छ । मन्त्री बन्नेमा हालसम्म जीवनराम श्रेष्ठ, विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झांक्री, किसान श्रेष्ठ र प्रेम आले मगरको नाम अघि सारिएको छ । अब निर्णय गर्न बाँकी छ ।

मन्त्री बन्ने आकांक्षीहरुको नाम धेरै भए पनि वरिष्ठता, भूगोल, समावेशिता लगायतलाई आधार मानेर मापदण्ड बनाइएको ती नेताले बताए । सम्भावित मन्त्रीहरुको नामबारे अध्यक्ष माधव नेपाल सहित स्थायी समितिका नेताहरुले समेत निर्णायक छलफल गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्