एमसीसीका उपाध्यक्ष नेपाल आउँदै



काठमडौं ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा जेड. सुमार अर्को हप्ता नेपाल आउने भएकी छन् ।

स्रोतका अनसार भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सत्तारूढ घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत केही सांसदहरुलाई भेट्ने कार्यक्रम छ ।

एमसीसीका विभिन्न तहमा रहेर काम गरेकी सुमार हालै उपध्यक्ष पदमा नियुक्ति भएकी हुन् । यस अन्तर्गत उनले पूर्वाधार, जलवायु परिर्वतन, निजी क्षेत्र लैङ्गिक तथा सामाजिक समावेशिता, समाुदायिक विकास, भूमि तथा कृषि लगायतका एमसीसीको प्राविधिक र क्षेत्रीय व्यवस्थापन हेर्छिन् ।

प्रतिक्रिया दिनुहोस्