कानून मन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटर्वाता



न्युज अफ नेपाल, काठमाडौं ।

कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन । कार्कीले मंगलबार साँझ ७ बजे ओलीलाई उनकै भक्तपुरस्थित बालकोट निवासमा पुगेर भेटेका हुन्।

ओली सँग भेटेर संसद अधिवेशन सञ्चालनदेखि बजेट र अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्मका विषयमा कुराकानी गरेका हुन्। दुई महिनाअघि सरकार बनेपछि कुनै पनि मन्त्रीले एमाले अध्यक्ष ओलीसँग भेट गरेको यो नै पहिलो पटक हो।उनले भने “ओलीसँग समसामयिक विषयमा राम्रै छलफल भएको छ। लोकतन्त्रलाई सुदृढ पार्दै संसदलाई प्रभावकारी बनाउने कुरा भएको छ।’

त्यस्तै ओली सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गतेसम्म प्रतिस्थापन विधेयकमार्फत् सरकारले पास नगरे खारेज हुने अवस्थामा पुगेको छ। सरकारले अहिले नयाँ बजेटको तयारी गरिरहेको छ।एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीले पहिलोपटक प्रतिपक्षी दलका नेतासँग भेटेको गरेका  छन् ।

नेम्वाङले भने “हामीले सरकारमा रहँदा प्रतिपक्षलाई राज्यको महत्वपूर्ण अंगको रुपमा मान्यौँ, समझदारी राखेर अघि बढ्यौँ। प्रमुख प्रतिपक्षी प्रमुख प्रतिष्पर्धी पनि हो तर सरकारले एउटा समझदारी राख्नुपर्छ भन्ने सदासर्वदाको भनाई हो  नेम्वाङले भने, हामीले सरकारमा रहँदा सर्वदलीय बैठक गरेका छौँ। त्यतिबेला प्रधानमन्त्रीले पटक पटक शेरबहादुरजीसँग भेटिरहनु हुन्थ्यो। यहि कुरा हामीले सम्झाएका छौँ।” नेम्वाङले सत्तापक्ष र प्रतिपक्षबीच सम्पर्क कायम राखेर अघि बढ्न आफूले कार्कीलाई सुझाव दिएको बताए।

प्रतिक्रिया दिनुहोस्