जलेश्वरका मेयर रामशंकर मिश्र लोसपामा प्रवेश



महोत्तरी ।

महोत्तरीको जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा प्रवेश  गरेका छन्। मिश्रले महन्थ ठाकुर नेतृत्वको लोसपा रोजेका हुन्।

मंगलबार जिल्ला निर्वाचन कार्यालय महोत्तरी पुगेर उनले लोसपाको पक्षमा सनाखत गराएका हुन्। मिश्र तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट जलेश्वरका मेयरमा निर्वाचित भएका थिए।

भदौ ९ गते निर्वाचन आयोगबाट लोसपाले विभाजित दलको मान्यता पाएको थियो। आयोगले नयाँ दल रोज्न चाहने प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरूलाई भदौ २२ गतेसम्मको समय दिएको छ।

मंगलबार र बुधबारभित्र स्थानीय तहका जनप्रतिनिधिहरूको सनाखत भइसकेपछि विहीबारदेखि प्रदेशसभा सदस्यहरूले दल रोज्न सनाखत गराउने तयारी रहेको लोसपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्