अमेरिकी सेनाले छाड्यो अफगानिस्तान, २० वर्षे युद्धको अन्त्य



काठमाडौं ।

अफगानिस्तानमा सत्ता कब्जामा लिएको तालिवानले अमेरिकालाई ३१ अगस्ट अर्थात आज देश छोड्ने आदेश दिएपछि अमेरिकी सेना स्वदेश फर्किएको छ ।

अन्तिम अमेरिकी सैन्य विमानले काबुल विमानस्थल छाडेसँगै रक्षा मन्त्रालय, पेन्टागनले अफगानिस्तानमा अमेरिकाको २० वर्षे युद्ध आधिकारिक रुपमा अन्त्य भएको घोषणा गरेको हाे ।

अमेरिकी सैनिकको अन्तिम विमान सोमबार राति काबुलबाट उडेको थियो । यो विमान उडेसँगै अफगानिस्तानमा दुई दशक लामो अमेरिकी सैन्य उपस्थिति अन्त्य भएको छ ।अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा सैन्य अभियान अन्त्य भएको घोषणा गरेका छन् । उनले वक्तव्य जारी गर्दै तालिवानले काबुल नियन्त्रणमा लिएपछिको १७ दिन अमेरिकी सेनाले अमेरिकी इतिहासकै सबैभन्दा जोखिम अभियानलाई सफलतापूर्वक सम्पन्न गरेको बताए ।

अमेरिकी सेनाले काबुल छोडेसँगै तालिवानी लडाकुले विमानस्थलभित्र प्रवेश गरेर जितको खुसियाली मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्