एकैदिनमा ६ जना मृत अवस्थामा फेला



काठमाडौं ।

देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् ।कास्कीको पोखरा महानगरपालिका-२८ माझठाना डाँडागाउँ बस्ने ६५ वर्षीया तिलशोभा सुनार आफ्नै घरको कोठाभित्र आइतबार दिउँसो मृत अबस्थामा फेला परेका छन् ।

ताप्लेजुङको श्रीजघां गाउँपालिका-१ जौबारी बस्ने सबिना दर्जीको ७ वर्षीय छोरा रबिन दर्जी सोही गाउँपालिका जौबारीस्थित नेबु खोला नजिकै रहेको कुलोमा आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

रौतहटको दुर्गा भगवती गाउँपालिका-१ स्थित बागमती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार साँझ मृत अवस्थामा फेला परेकी छन्।

रुपन्देहीको देवदह नगरपालिका-२ राजावारीस्थित कच्ची बाटोको छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष आइतबार राति मृत अवस्थामा फेला परेका छन् ।

दाङको गढवा गाउँपालिका-२ महदेवास्थित राप्ती नदिको किनारमा प्युठान सरुमरानी गाउँपालिका९२ बस्ने ३० वर्षीय दिपक परियार र सोही ठाउँ बस्ने ३२ वर्षीय नबिन नेपाली आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

प्युठान सरुमरानी गाउँपालिका-२ स्थित गहना खोला तर्ने क्रममा शुक्रबार बिहान बगाई बेपत्ता भएकोमा खोजी गर्ने क्रममा राप्ती नदीको किनारमा उनीहरुको शव फेला परेको हो ।

झापाको झापा गाउँपालिका-७ रमिते बस्ती बस्ने ३६ वर्षीय नर बहादुर पुलामी मगर सोही ठाउँस्थित रहेको कुलोमा सोमबार राति मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्