सल्यानका ९ स्थानमा हेलिप्याड निर्माण



न्युज अफ नेपाल, सल्यान ।

सल्यानका स्थानीय तहमा हेलिप्याड निर्माण गरिएको छ । विपद् पूर्व प्रतिकार्य तयारीका लागि हेलिप्याड निर्माण गरिएको हो । जिल्लामा रहेका ७ गाउँपालिकामा १ वटा दरले र ३ नगरपालिकामा २ वटा दरले १३ वटा हेलिप्याड निमार्ण योजना भएकोमा अहिले ९ वटा निर्माण भएको नेपाली सेना सवुझ गण सल्यानले जनाएको छ ।

स्थानीय तहसँगको सहकार्यमा हेलिप्याड निर्माण गर्न थालेको सवुझ गणका गणपति प्रमुख सेनानी कञ्चन कृष्ण बस्नेतले बताउनुभयो । उहाँका अनुसार स्थानीय तहले सामानको सहयोग गरेकाले नेपाली सेनाले श्रमदान गरी अहिले जिल्लाभर हेलिप्याड निर्माण गरिरहेको बताउनुभयो ।

शारदा नगरपालिकामा दुइ वटा, वनगाड कुपिण्डे र वागचौर नगरपालिकामा एक ÷ एक वटा हेलिप्याड निर्माण गरिएको छ । यस्तै कपुरकोट, छत्रेश्वरी, शिद्धकुमाख र कुमाख गाउँपालिकामा गरी ९ वटा हेलिप्याड निर्माण गरिएको छ । सरकारले दुर्गम क्षेत्रका गर्भवती, सुत्केरी, नवजात शिशुको उपचारका साथै दुर्घटनाका गम्भीर घाइतेको सहज उपचारका लागि ‘एयर एम्बुलेन्स’ सुरु गरेपछि हेलिप्याड बनाउन थालिएको प्रमुख सेनानी बस्नेतले बताउनुभया ।

स्थानीय तहले हेली प्याड निर्माण सामग्री र नेपाली सेनाको श्रम लगानीमा हेलिप्याड तयार गरिनेछ । हेलिप्याड निर्माण भएपछि रातिसमेत हेलिकप्टर अवतरण गराउन सकिने सबुज गण सिमखर्कका प्रमुख सेनानी कृष्णकञ्चन बस्नेतले बत्ताउनुभयो । उहाँका अनुसार नाइट जिचनयहाँ अहिलेसम्म नाइट भिजन हेलिप्याड नभएकै कारण राति हेलिकप्टर अवतरण हुन नसकेकाले उद्धार तथा व्यवस्थापनमा ढिला हुँदै आएको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाईले आकस्मिक बिरामी र दुर्घटनाका घाइतेको तत्काल उद्धार तथा विपद् व्यवस्थापनका लागि एलिभेटेड हेलिप्याड निर्माण गरिएको बत्ताउनुभयो । उहाँका अनुसार विपद् पूर्वतयारीका लागि सबै स्थानीय तहमा हेलिप्याड निर्माणको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्