मिर्गौला प्रत्यारोपण गरेर स्वदेश फर्किए पूर्वप्रधानमन्त्री खनाल



काठमाडौं ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मिर्गौ प्रत्यारोपाण गरेर सोमबार सोमबार स्वदेश फर्किएका छन् । भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका खनाल सोमबार अपरान्ह स्वदेश फर्किएका हुन् ।

खनाल स्वदेश आउने भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।

गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर उपचार गराएका खनालको गत २० साउनमा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको थियो । एमाले एकताको सन्देश दिएर उपचारका लागि दिल्ली गएका खनाल समाजवादीका स्थायी कमिटी सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस्