भदौ १५ देखि उपत्यकाका विद्यालय खुल्ने



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना महामारीको जोखिम बढीरहेकै बेला काठमाडौंका केही नगरपालिकाहरुले भने भौतिक उपस्थितिमै विद्यालय सञ्चालन गर्ने भएका छन् ।

गोकर्णेश्वर नगरपालिकाले भदौ १५ देखि विद्यार्थीहरुको भौतिक उपस्थितिमै सबै विद्यालय खोल्ने निर्णय गरेको हो । विज्ञप्ति जारी गर्दै नगरपालिकाले सरोकारवाला निकायहरुसँगको छलफलपछि विद्यालय सञ्चालन गर्ने सहमति भएको जनाएको छ । त्यस्तै, विद्यालयमा तोकिए बमोजिम स्वास्थ्य निर्देशिकाको पालना तथा व्यवस्थापन नभएको पाइएमा कारवाही हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्