निर्वाचन प्रणालीमा प्रयाप्त सुधार गर्नु जरुरी : यादव



यमलाल भुसाल, बुटवल ।

जनता समाजवादी पार्टी, नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले नेपाल भित्र जन्मेका हरेका नागरिकले नागरिकता पाउनु पर्ने धारणा राख्नु भएको छ । जनता समाजवादी पार्टी, नेपालले आईतवार भैरहवामा आयोजना गरेको कायकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै नेता यादवले नेपालको नागरिक हिमालमा जन्मे पनि, पहाडमा जन्मे पनि र तराईमा जन्मे पनि उ नेपाली नागरिक भएको बताउनु भयो ।

अहिलेको नागरिकता कानूनमा बिभेद भएको कारण सो कानून पनि संशोधन गर्नु पर्ने उहाँले धारणा राख्नु भयो । नागरिक सम्बन्धि मस्यौदा आफुहरुले गरे पनि त्यो संसदमै अड्किएको उहाँले बताउनु भयो ।

उहाँले अहिलेको निर्वाचन प्रणालीमा पनि प्रयाप्त सुधार गर्नु पर्ने आवश्यकता औल्याए । कार्यक्रममा बोल्दै यादवले अहिलेको निर्वाचन प्रणाली महङो भएकोले यसलाई बदल्नु पर्ने बताउनु भयो । उहाँले सिमान्तकृत वर्ग र गरिब नागरिक समेत लड्न सक्ने समानुपातिक निर्वाचन प्रणाली अगाडी बढाउनु पर्नेमा जोड दिनु भयो ।

यादवले लामो लडाई लडेर प्रतिगमनकारीलाई परास्त गरेको र लोकतन्त्रको रक्षा गरेको जिकिर गर्नु भयो । कार्यक्रममा बोल्दै यादवले संविधान अहिले पनि त्रुटिपूर्ण रहेको हुदा यसमा सुधारको कुरा उठाउनु भयो । उहाँले ७ वटा प्रदेशको संरचनालाई बदल्नु पर्ने बताउनु भयो । उच्चस्तरिय राज्य पुर्नसंरचना आयोगले दिएका सुझाव अनुसार १० प्रदेश वा १० जोड १ प्रदेश उत्तम रहेको सुझाव दिनु भयो ।

जनता समाजवादी पार्टी, नेपाल लुम्बिनी प्रदेशको समन्वयमा भएको कार्यक्रममा पार्टीका वरिष्ठ नेता अशोक कुमार राईले कार्यकर्तालाई योजनावद्ध, उत्साहपूर्ण, सक्रिय र बुद्धिमतापूर्ण तरिकाले अगाडी बढे आगामी चुनावमा राम्रो परिणाम ल्याउने भएकोले कार्यकर्तालाई सोही अनुसार अगाडी बढ्न अनुरोध गर्नु भयो । अबिरल आएको वर्षाका कारण आएको बाढी र पहिरोले रुपन्देहीको बुटवल उपमहानगरपालिका ३ ज्योतिनगर उच्च जोखिममा परेको छ ।

प्रतिक्रिया दिनुहोस्