स्याङ्जाको राम्दीमा पहिरो जाँदा एकको मृत्यु



भूपराज बस्याल, स्याङ्जा ।

अविरल बर्षाका कारण गल्याङ नगरपालिका – १ राम्दीमा पहिरो जादा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिद्धार्थ राजमार्ग आइतबार साँढे चार बजेको समयमा माथीबाट पहिरो खस्दा सिद्धार्थ राजमार्ग एक घर पुर्ण रुपमा पुरिएको छ भने तीन घर क्षति पुगेको छ ।

पुरिएको घर बाट वालिङ् नपा-१४ धनमाया उम्राह मृत्यु अवस्थामा भेटिनुभएको छ भने तिन जनालाई उद्धार गरी थप उपचारको लागि पाल्पा पठाइएको स्याङ्जाका प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिनुभयो । पुरिएको घर होटल भएको हुँदा कति मान्छे पुरिएका छन् भनेर एकिन हुन नसकेपनी हाल खोजिकार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्