देशभर थप १३८८ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप १३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालमा ७२५९ पीसीआर परीक्षणमा १२१४ जना र ३०३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १३८८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आइतबार थप २२६० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । त्यस्तै आज कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्