घ्याङ्लेखमा तीन देखि विद्युत सेवा अवरुद्ध, मर्मतको लागि गएको प्राधिकरणको बोलेरो दुर्घटना



बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा तीन देखि विद्युत सेवा अवरुद्ध भएको छ । गएको विहिवार देखि परेको अविरल बर्षाका कारण खसेको पहिरोले विद्युतका पोल भाचिदा विद्युत सेवा अवरुद्ध भएको हो ।

पहिरोले कमलामाई नगरपालिका वडा न. २ निबुवाटारमा रुख ढलेर विद्युत पोल भाचिदा विद्युत सेवा अवरुद्ध भएको घ्याङ्लेख गाउँपालिकाका उपाध्यक्ष दुर्गादेवि सुनुवारले जानकारी दिनुभयो । विद्युत सेवा अवरुद्ध हुँदा गाउँपालिका तथा वडा कार्यालयको सेवा प्रवाह प्रभावित भएको उपाध्यक्ष सुनुवारले बताउनुभयो । ३ दिन देखि गाउँमा विद्युत नआउदा बिहान बेलुका अन्धकारमा बस्नु परेको स्थानियकोे गुनासो छ ।

यसैबिच पहिरोका कारण घ्याङ्लेख गाउँपालिकामा क्षेत्रमा अवरुद्ध भएको विद्युत मर्मत गर्न गएको नेपाल विद्युत प्राधिकरण सिन्धुलीको गाडी दुर्घटना भएको छ । नेपाल विद्युत प्राधिकरण सिन्धुलीको प्रदेश नम्बर ३-०१-००१ ञ २५५५ नम्बरको पिकप बोलेरो दुर्घटना भएको हो ।कमलामाई नगरपालिका–२ पिपलभञ्जाङ्गमा गाडि आफै अनियन्त्रीत भई दुर्घट्ना भएको हो । दुर्घटनामा परी गाडि चालक कमलामाई नगरपालिका–६ का अन्दाजी ५० वर्षिया प्रमेश्वर सुनुवार र प्राधिकरणका कर्मचारी कमलामाई नगरपालिका–७ का ४७ वर्षिया राजिब लामा घाईते भएका छन् ।

घाईते दुवै जनाको सिन्धुली अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । गाडी लगभग १ सय ५० मिटर तल खसेको प्रहरी नायव उपरिक्षक लामाले जानकारी दिनुभयो ।निरन्तर परेको बर्षाका कारण घ्याङ्लेख गाउंपालिकाको विभिन्न सडक अवरुद्ध भएको छ । घ्याङ्लेख गाउँपालिका र सदरमुकाम जोड्ने पिपल भज्यांङ्ख– बस्तीपुर सडक पहिरोका कारण गएको विहीवार देखि नै अवरुद्ध रहेको छ ।

बर्षाका कारण खसेको पहिरोले अवरुद्ध भएको सडक खुलाउने प्रयास भईरहेको उपाध्यक्ष सुनुवारको भनाई छ । धेरे ठाउँमा पहिराले सडक भत्केकाले पहिरो पन्छाएर सडक सुचारु गर्न समय लाग्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्