भारतमा थप ४४ हजार ६५८ जनामा काेराेना संक्रमण



COVID-19 coronavirus epidemic in india. Silhouette man in medical mask on a background abstract indian flag. Global COVID-19 coronavirus pandemic, pneumonia. Banner design concept. Vector

एजेन्सी ।

भारतमा कोभिड–१९ संक्रमितको सङ्ख्या पछिल्लो एक दिनमा ४४ हजार ६५८ पुगेको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमित भएका व्यक्तिको सङ्ख्या तीन करोड ४४ हजार ८९९ पुगेको छ ।मन्त्रालयको तथ्याङ्क अनुसार भारतमा कोभिड–१९ सङ्क्रमित चार लाख ३६ हजार ८६१ जनाको मृत्यु भइसकेको छ । अहिले सक्रिय संक्रमितको सङ्ख्या १.०३ प्रतिशत रहेको छ भने ९७.६३ प्रतिशत संक्रमितनिको भइसकेका छन् ।

भारतमा दैनिक सङ्क्रमण दर २.४५ प्रतिशत रहेको र संक्रमितको सङ्ख्या दैनिक १० हजारभन्दा बढीले वृद्धि भइरहेको छ ।मन्त्रालयका अनुसार कोभिड–१९ निको भएका व्यक्तिहरूको सङ्ख्या तीन करोड १८ लाख २१ हजारभन्दा बढी पुगेको छ । अहिले संक्रमित अवस्थामा रहेका विरामीमध्ये १।३४ प्रतिशतको अवस्था गम्भीर भएको र उनीहरूले देशको विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा उपचार सेवा लिइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्