तुलसीपुर उपमहानगरपालिकाद्वारा १७ नम्बर वडालाई एम्बुलेन्स हस्तान्तरण



न्युज अफ नेपाल, तुलसीपुर ।

तुलसीपुर उपमहानगरपालिकाले –१७ नम्बर वडालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरेर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले वडा अध्यक्ष थलबहादुर पुरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नु भएको हो ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले निर्वाचनमा गरेको बाचा अनुसार वडाबासीलाई छिटोछरितो उपचार सेवा प्रदान गर्नका लागि एम्बुलेन्स हस्तान्तरण गरिएको बताउनुभयो ।

समयमै उपचार नपाउँदा अकालमा कुनै पनि नागरिकको ज्यान नजाओस भन्ने उद्देश्यले बिरामी, घाइते तथा समस्यामा परेका नागरिकलाई तत्काल अस्पतालसम्म लैजानका लागि वडामा एम्बुलेन्सको व्यवस्था गरिएको बताउनुभयो ।

सुत्केरी, बालबालिका, जेष्ठ नागरिक र विपननलार्ई निशुल्क सेवा पुर्याउन नगर प्रमुख पाण्डेले निर्देशन दिनुभएको छ । एक वडा एक एम्बुलेन्सको अवधारणा अन्र्तगत तुलसीपुर उपमहागनरपालिकाले यस हघि विकट मानिएका १, १९,१३ नम्बर वडामा एम्बुलेन्स हस्तारण गरिसकेको छ भने आइतबार १७ नम्बर वडालाई हस्तान्तरण गरिएको हो ।

त्यसैगरी बाँकी ४ वटा एम्बलेन्स हस्तान्तरण गर्ने तयारी रहेको तुलसीपुर उपमहानगरपालिका यान्त्रीक शाखा प्रमुख केशव डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार ४, ११,१५ र ८ मा रहेको मेट्रो हस्पिटललाई पनि एका कार्यक्रमका बिच एम्बुलेन्स हस्तान्तरण गरिने. छ ।

प्रतिक्रिया दिनुहोस्